यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर २१ गते

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१९ का २१ वर्षीयआर्यन भनिने सन्दिप शर्मालाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असोज २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असोज २४ गते इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिएको थियो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण अल्पाइन अस्पताल सिमरामा असोज २४ गते गरिएको  इलाका प्रहरी कार्यालय सिमराका सई कलमबहादुर शाहीले बताउनुभयो ।


भोलानाथ पौडेल