यौन दुर्व्यवहार घटनाका आरोपित बालक गिरफ्तार, बालक ठूला बन्दीहरूसँग
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा १४ वर्षीय बालकविरूद्ध मङ्सिर १७ गते पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा सोही दिन उजुरी दिनुभएको छ ।
पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेपछि पीडित बालिकाले होहल्ला गरेपछि आरोपित भागेको पीडित पक्षको आरोप छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर १७ गते गरिएको छ ।
बालबालिकासम्बन्धी ऐन २०७५ को दफा २२ को (२) अनुसार बालमैत्री वातावरणमा राखी अनुसन्धान गर्नु पर्ने भएपनि सो बमोजिमको निगरानी कक्ष वा अलग्गै कक्ष जिल्लामा नहुँदा आरोपित बालकलाई इलाका प्रहरी कार्यालय कडरबोनाको हिरासतमा ठूला बन्दीहरूसँगै राखिएको छ ।
यसैगरी बालबालिकासम्बन्धी ऐन २०७५ को दफा २१ को (५) र दफा २२ को (३) बमोजिम नियन्त्रणमा लिइएका बालबालिकालाई बाल मनोविज्ञ वा बाल हितसम्बन्धी काम गर्ने व्यक्तिसँग सम्पर्क गराई आवश्यक परामर्श सेवा तथा मनोसामाजिक सहयोग उपलब्ध गराउनु पर्ने उल्लेख भएपनि सो सेवा पाएका छैनन् ।
मनोहरकुमार पोखरेल
संबंधित समाचारहरू
मानव अधिकारकर्मीहरुद्वारा कोहलपुर घटनाको स्थलगत अनुगमन
बाँकेको कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको र त्यसपछि चर्केको आन्दोलनको विषयमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुरको बाग्मती गाउँपालिका ६ का मुन्ना स्याङ्तानलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत असार ३ गते यौन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई मङ्सिर २२ गते बलात्कार गरेको आरोपमा मोहन्याल गाउँपालिका–१ चोयाभावरका २० वर्षीय टेकबहादुर बिकलाई मङ्सिर २२ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले घटना भएलगत्तै…
प्रतिबन्धित नेकपाका जिल्ला सचिव अदालत परिसरबाटै पुनः गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई जिल्ला प्रहरी कार्यलय बागलुङले मङ्सिर २३ गते जिल्ला अदालत बागलुङबाट पुनः गिरफ्तार गरेको छ ।…
ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा, प्रशासनद्वारा तीन बुँदे निर्णय
सार्वजनिक यातायातमा सरकारले व्यवस्था गरेका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो शीर्षकमा इन्सेक अनलाइनमा मङ्सिर २१ गते समाचार प्रकाशन भएपछि ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा उपलब्ध गराउनेसम्बन्धी जिल्ला प्रशासन कार्यालय धनकुटाले…