यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर ४ गते

दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनवल नपा–६ का  ६१ वर्षीय कुमबहादुर गुरुङलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।


नारायण पराजुली