यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक २८ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका–९ का ३९ वर्षीय युद्धबहादुर मगरलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २७ गते गरिएको छ ।


भगिश्वर लिम्बू