यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक २० गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देउमाई नगरपालिका–१ का ३२ वर्षीय विवश राईलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी हेमन्त भण्डारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १८ गते गरिएको छ ।


कोकिला ढकाल