यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक २० गते

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–११ का २० वर्षीय विशाल पासवानलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उक्त उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर जमुना बस्नेतले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा कात्तिक १९ गते गरिएको छ ।


इन्दिरा भट्टराई