यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक २० गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा प्रहरीले पाँचपोखरी थाम्पाल गाउँपालिका–१ बासखर्कका २३ वर्षीय रमेश बिकलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध कात्तिक १८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको थियो ।

सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको उक्त कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १८ गते प्राथमिक उपचार केन्द्र मेलम्चीमा गरिएको प्रहरीले जनायो ।


नातिबावु धिताल