यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक १७ गते

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नाताले दाजु पर्ने १५ वर्षीय बालकलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले कात्तिक १६ गते प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १६ गते नै जिल्ला अस्पताल पाल्पामा गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्स्पेक्टर देवराज पौडेलले बताए ।


यज्ञमूर्ति तिमिल्सिना