यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक १५ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–२ का ४४ वर्षीय तर्बु शेर्पालाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १३ गते यौन दुर्व्यवहार गरेको खबर अस्थायी प्रहरी पोष्ट सिद्धपोखरीले पाएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर उपेन्द्र खरेलले बताए ।

आरोपित विरूद्ध पीडित पक्षको उजुरी नपरेपनि मौखिक जानकारीका आधारमा अस्थायी प्रहरी पोष्ट सिद्धपोखरीबाट खटिएको टोलीले गिरफ्तार गरेको इन्स्पेक्टर खरेलको भनाई छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


बाबुराम बास्तोला