यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज २६ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले धनगढी उमनपा–४ का ५५ वर्षीय फुलपाति चौधरीलाई असोज २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले असोज २५ गते प्रहरीमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २५ गते सेती प्रादेशिक अस्पतालमा गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।


मैनामोती चौधरी