यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज २३ गते

१६ वर्षीया बालिकालाई अपहरण गरी यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले असोज २२ गते तीन जनालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असोज २२ गते अपहरण गरी यौन दुर्व्यवहार गरेको आरोपमा सिरहा नपा–९ का २४ वर्षीय रामप्रकाश गोइत सोही ठाउँका ३६ वर्षीय गणेशकुमार यादव र सिरहा नपा–८ का २२ वर्षीय नथुनी भन्ने चतुरान्नद यादवलाई गिरफतार गरेको हो ।

पीडित पक्षका अनुसार घटनाको सम्बन्धमा जिल्ला पहरी कार्यालय सिरहामा असोज २२ गते उजुरी दिइएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहमा असोज २२ गते गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सेक्टर उमाशङ्कर प्रसाद यादवका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितहरूलाई गिरफ्तार गरेको र अन्य दुई जना फरार रहेकाले खोजतलास भइरहेको बताए ।


दुर्गा परियार