यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज १५ गते

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमानगर नपा–७ का ५३ वर्षीय दिपक खत्रीलाई असोज १४ गते तिलोत्तमा नगरबाट गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १४ गतेसम्म यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाकी आमाले असोज १४ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १४ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.