यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ असोज ८ गते

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बवई गाउँपालिका–७ का ६० वर्षीय गोविन्द शर्मा आचार्यविरूद्ध पीडित पक्षले असोज ८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दर्ता गराएको प्रहरीले जनायो ।

पीडित बालिकालाई आरोपितले असोज २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुवाले उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । घटना गाउँ घरमै छलफल गराउन थालेपछि ढिलोगरी प्रहरीमा आइपुगेका प्रहरीको भनाई छ ।

घटनाका आरोपित शर्मा फरार रहेकाले खोजी सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी जनक भटराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।


जे.एन.सागर