यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ असोज ३ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–१ सोताटोलका ४५ वर्षीय गङ्गाराम भन्ने गङ्गे पुनलाई ०७६ असोज १ गते प्रहरीले गिरफ्तार गरेको छ ।

भदौ २८ गते साँझ घरमा कोही नभएको बेलामा खाना पकाउँदै गर्दा जबरजस्ती घरमा प्रवेश गरी बालिकालाई यौन दुर्व्यवहार गरेको पीडित पक्षले जनाएको छ ।

घटनापछि असोज १ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही दिन घरमै लुकेर बसेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी सुमित खड्काले बताए ।


मनिषा केसी