यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया र १२ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका-४ का २८ वर्षीय सन्तोष सुनारलाई भदौ २३ गते आमाछोदिङ्मो गाउँपालिका-५ पाजुङबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकाहरूलाई स्थानीय जलविद्युत कम्पनीमा मजदुरीको काम गर्न आएका आरोपितले भदौ २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय रसुवामा भदौ २३ गते उजुरी दिएको छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भाग्येन्द्रपुरुष ढकालले बताए ।
आरोपितविरूद्ध जवरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डिएसपी ढकालले बताए ।
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण भदौ २३ गते जिल्ला अस्पताल रसुवामा गरिएको प्रहरीले जनायो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…