यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ भदौ ४ गते

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नपा–२४ का २२ वर्षीय सुरजकुमार यादव र सोही ठाउँका २० वर्षीय दिपेन्द्र ठाकुरविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा भदौ ३ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा कारवाहीको माग गर्दै उजुरी गरेको पीडितले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ ३ गते गरिएको छ । इलका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार आरोपितहरू फरार रहेकाले खोजतलास भइरहेको बताए ।


दुर्गा परियार