यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन २९ गते

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माई नगरपालिका-३ का २२ वर्षीय सुनिल खत्रीलाई साउन २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले २४ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी हेमन्त भण्डारीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २४ गते गरिएको छ ।


कोकिला ढकाल