यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन १९ गते

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले १५ वर्षीय बालकलाई साउन १८ गते गिरफ्तार गरेको छ ।

 

पीडित बालिकालाई आरोपितले साउन १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १८ गते इलाका प्रहरी कार्यालय रजहरमा उजुरी दिएको थियो ।

 

सोही उजु्रीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी अर्जुन रानाभाटले बताए ।

 

पीडित पक्षले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरीसमेत दर्ता गराएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १९ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको प्रहरीले जनाएको छ ।


तिर्थराज डुम्रे