यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन १७ गते

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा–१ का २० वर्षीय शुरेश मुखियालाई साउन १७ गते गिरफ्तार गरेको छ ।

 

पीडित बालिकालाई आरोपितले साउन १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा साउन १७ गते उजुरी दिएको पीडित परिवारले जनाए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन १६ गते गरिएको छ ।

 

घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रकृया अगाडि बढाएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालले बताए ।


दुर्गा परियार