यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन १२ गते

१२ वर्षीया बालिकालाई साउन ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–६ का २४ वर्षीय कृष्ण सापकोटालाई साउन १२ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाका अनुसार पीडितले घटनाको विषयमा साउन १० गते उजुरी दिएकी थिइन् ।

घटना पछि फरार रहेका सापकोटालाई १२ गते गिरफ्तार गरिएको उनले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १० गते नै भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


दिपेन्द्र अधिकारी