यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन ८ गते

१२ र १४ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा-६ स्थित डिहिकोपाटन बस्ने ६३ वर्षीय अष्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई साउन ७ गते गिरफ्तार गरेको छ ।

कामदार भिसामा विगत तीन वर्षदेखि नेपाल बस्दै आएका प्याराग्लाइडिङ पाइलट समेत रहेका आरोपितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय, कास्कीको संयुक्त टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

आरोपित अल्फ्रेडलाई हाल जिल्ला प्रहरी कार्यालय, कास्कीस्थित हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी केसीले जानकारी दिए ।

पीडितद्वयको स्वास्थ परीक्षण साउन ७ गते पश्चिमाञ्चल स्वास्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनाएको छ ।


सुशन घिमिरे