यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ फागुन २६ गते

चार वर्षीया बालिकालाई फागुन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-१२ पदमपोखरीका ५४ वर्षीय सानुकान्छा दाहाललाई फागुन २६ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हेटौँडामा फागुन २५ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा फागुन २६ गते गरिएको प्रहरीले जनायो ।


प्रताप विष्ट