यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन ६ गते

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २० वर्षीय रामेश्वर दासलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले साउन ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा सोही दिन उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ५ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफतार गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।


दुर्गा परियार