यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार २६ गते

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बोदेबर्साइन नपा-३ का ३५ वर्षीय मो. मुस्ताकलाई असार २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले असार २४ गते दिएको उजुरी र पीडितको बयानपछि आरोपितलाई गिरफ्तार गरी उजुरी दर्ता गरिएको इन्स्पेक्टर बिष्णुप्रदिप बस्यालले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराज नपा-४ स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार २४ गते गरिएको छ ।


मनोहरकुमार पोखरेल