यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार १५ गते

अढाई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१ का २३ वर्षीय काकालाई असार १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ११ गते यौन दुर्व्यवहार गरेको देखेपछि पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितमाथि मुलुकी फौजदारी अपराध ऐन, २०७४ अन्तर्गत बाल यौन दुरूपयोग कसुर अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी घनश्याम श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा असार १२ गते गरिएको छ ।


ईन्दिरा भट्टराई