यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार १२ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–५ का ३५ वर्षीय ध्रुव परियार नेपालीलाई असार ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ११ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार ११ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपित उपर बलात्कार प्रयास मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको एसपी बेलबहादुर पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रहरीले जनायो ।


जे.एन.सागर