यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ असार १० गते

२८ वर्षीया महिलालाई मोलुङ गाउँपालिका–६ स्थित श्रीचौर प्रहरी चौकीका असई पर्शुराम बिकले यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित महिलालाई सो प्रहरी चौकीका प्रमुखसमेत रहेका असई बिकले मादक पदार्थ सेवन गरेर असार ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी गरेको छ ।

मादक पदार्थ सेवन गरेर सडकमा हिडिरहेको अवस्थामा भेटिएकी महिलालाई आरोपितले घरै पुगेर यौन दुर्व्यवहार गरेको स्थानीयको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी पुष्पराज मल्लले प्रहरीमाथि आरोप लागेपछि छानविनका लागि जिल्ला तानिएको बताए ।

मादक पदार्थ सेवान गरेको र स्थानीयको उजुरीपछि  आरोपितमाथि कारवाहीका लागि जिल्ला तानिएको डिएसपी मल्लले बताए ।

पीडित महिला र आरोपितको स्वास्थ्य परीक्षण असार ८ गते राति नै स्वास्थ्य चौकी श्रीचौरमा गरिएको छ ।

परीक्षण गर्दा पीडित र आरोपित दुवै जनाले अत्याधिक मदिरा सेवन गरेको पाइएको स्वास्थ्य चौकी श्रीचौरले जनाएको छ ।


शिवप्रसाद ढुङ्गाना