यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ असार २ गते

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले तिलोत्तमा नपा–६ गोरकट्टाका ३० वर्षीय विजय चौधरी र सोही ठाउँका २० वर्षीय प्रेम कँवरविरूद्ध असार १ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको छ ।

पीडित पक्षले जेठ ३२ गते दिएको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले जेठ ३२ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असार १ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.