यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ फागुन १६ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नपा-१२ का २५ वर्षीय विनोद महरालाई इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा फागुन १५ गते लिखित उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले बताएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा फागुन १५ गते भएको थियो ।


दुर्गा परियार