यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–१ का ५१ वर्षीय विजु तेलीलाई जेठ २९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी विरेन्द्र थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २९ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


नारायण पराजुली