यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबुलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले लामो समयदेखि यौन दुर्व्यवहार गर्दै आएको र पछिल्लो पटक जेठ १९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षको उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।
पीडित युवतीले बाबुविरूद्ध जेठ २७ गते महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएपछि सोही दिन दिउँसो गिरफ्तार गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र बहादुर धानुकले जानकारी दिए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ २७ गते नै पाटन अस्पतालमा गरिएको अस्पतालले जनाएको छ ।
दीपकप्रसाद घिमिरे
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…