यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ २४ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–४ का २० वर्षीय आकाश चौधरी र २० वर्षीय सुवाश थापालाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई तेल बोक्ने ट्याङकर भित्र दुर्व्यवहार गरिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।

आरोपितद्वय ना ६ ख ७३०३ नम्बरको तेल बोक्ने ट्याङकरका सहचालक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २३ गते सेती अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनायो ।


मैनामोती चौधरी