यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख ३० गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्लाको बेटकोट नपा–४ का २२ वर्षीय नरबहादुर भण्डरीलाई वैशाख २८ गते गिरफ्तार गरेको छ  ।

पीडित बालिकालाई आरोपितले वैशाख २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले वैशाख २८ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन सेती अञ्चल अस्पतालमा गरिएको छ ।


मैनामोती चौधरी