यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख २८ गते

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेल्डाडीका ४५ वर्षीय रामकुमार डगौरालाई वैशाख २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २७ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपितविरुद्ध सोही दिन उजुरी दिएपछि उनलाई गिरफ्तार गरेको बेल्डाडी इलाका प्रहरी कार्यालय बेल्डाडीका इन्स्पेक्टर दानबहादुर रोकायाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २७ गते महाकाली अस्पताल महेन्द्रनगरमा गरिएको छ ।


कोमलनिरन्जन भाट