यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख २५ गते

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रघुगङ्गा गाउँपालिका–४, दग्नामका ३२ वर्षीय निलप्रसाद पुनलाई वैशाख २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित पुनले वैशाख २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २३ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ परीक्षण वैशाख २३ गते नै बेनी अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


अमृत बास्कुने