यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख ९ गते

१६ वर्षीया बालिकालाई सामूहिक यौन दुर्व्यवहार गरेको आरोपमा घोडाघोडी नगरपालिका–१ का २१ वर्षीय राकेश गिरी, १८ वर्षीय रूपेश चौधरी, १९ वर्षीय लक्ष्मण रावल, १८ वर्षीय हिमराज क्षेत्री, २० वर्षीय नरेन्द्र बिक, १९ वर्षीय नविन शाही र १५ वर्षीय बालकलाई वैशाख ७ गते प्रहरीले गिरफ्तार गरेका छ ।

पीडित बालिकालाई आरोपितहरूले वैैशाख १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले वैशाख ७ गते प्रहरीमा उजुरी दिएपछि आरोपितहरूलार्ई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, सुख्खडका इन्स्पेक्टर यक्षराज जोशीले बताए ।

पीडित बालिकाको उपचार घोडाघोडी अस्पताल र नेपालगञ्ज अस्पतालमा गराइएपनि यहाँ उपचार हुन नसकेपछि काठमाडौँस्थित टिचिङ अस्पतालमा लगेर थप उपचार गराइरहेको छ ।


मैनामोती चौधरी