यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख ८ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–४ रामपुरका ५० वर्षीय यज्ञराज आर्चायलाई वैशाख ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ६ गते यौन दुर्व्यवहारको गरेको भन्दै पीडित पक्षले आरोपितलाई सोही राति नै प्रहरीको जिम्मा लगाइएको पीडित पक्षले जनायो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी  कार्यालय सुख्खडको इन्स्पेक्टर यक्षराज जोशीले बताए ।


मैनामोती चौधरी