यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ फागुन ६ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-५ का २४ वर्षीय सद्दाम मियालाई फागुन ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई फागुन ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन ६ गते उजुरी दिएपछि उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएकोछ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा फागुन ४ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले घटनाको जानकारी तत्कालै भए पनि बालिका उपचारमा भएकोले आरोपितको सनाखत गरी गिरफतार गरेको बताए ।


दुर्गा परियार