यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

  ०७५ चैत १७ गते

१३ वर्षीया बालिकालाई चैत १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा बिगु गाउँपालिका-३ का ३१ वर्षीय सुरेश बिकविरुद्ध चैत १७ गते जिल्ला प्रहरी कार्यालय, दोलखामा उजुरी दर्ता गरिएको छ । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले चैत १६ गते गिरफ्तार गर्‍यो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १६ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा गरिएको छ ।


उद्धव पोखरेल