यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७५ चैत १५ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–६ का ३१ वर्षीय जयबहादुर नागरीलाई चैत १४ गते गिरफ्तार गरेको छ ।

चैत १३ गते पीडित बालिका इलाका प्रहरी कार्यालय, जोडबुडामा उपस्थित भई आरोपित नागरीविरुद्ध उजुरी दर्ता गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, जोगवुडाका इन्स्पेक्टर इश्वरीदत्त पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १४ गते जोगवुडा अस्पतालमा गरिएको छ ।


भुपेन्द्र विष्ट