यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामग्राम नपा–१२ का १६ वर्षीय बालकलाई चैत ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको सई माधवप्रसाद भण्डारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ७ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

त्यसैगरी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–४ का २६ वर्षीय पप्पु कोइरीलाई चैत ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ७ गते यौन दुर्व्यवहार गरेको भन्दै चैत ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरी अनुसन्धान थालिएको सइ माधवप्रसाद भण्डारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ८ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।


नारायण पराजुली