यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७५ फागुन २२ गते

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–६ का २२ वर्षीय राजन मादेन लिम्बुलाई फागुन २२ गते गिफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा मौखिक उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले बताए ।

सडक छेउमा अवस्थित घर भएकाले बालिकाले चिच्याएको आवाज ट्याक्टरमा काम गर्दै गरेका व्यक्तिले सुनेपछि बालिकालाई तत्काल उद्दार गर्न सम्भव भएको डिएसपी थापाले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २१ गते जिल्ला अस्पतालमा गरिएको छ । पीडितका अभिभावकले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।


देवराज गुरूङ