यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७५ फागुन १७ गते

४५ वर्षीया एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गढी गाउँपालिका–४ छिटाहाका ४६ वर्षीय स्थानीय विद्यान्दन शाहलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले प्रहरीसमक्ष मौखिक उजुरी गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयालले सो घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।


जयकृष्ण यादव