यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७५ फागुन १४ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेरिङदेन गाउँपालिका–४ का १८ वर्षीय हिमाल भन्ने सागर केदेमलाई फागुन १४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०६९ माघ ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले बताए ।

यौन दुर्व्यवहारको प्रतिवाद गर्दा पीडित बालिकालाई कुटपिट गरी दाहिने तिघ्राको हड्डी र गर्धन समेत भाँच्चिएको प्रहरीले जनाएको छ ।

मरणासन्न अवस्थामा फेला परेकी बालिकालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार गरी घरमा ल्याइएको भएपनि ०६९ माघ २२ गते चोटकै कारण बालिकाको मृत्यु भएको डिएसपी थापाले बताए ।


देवराज गुरूङ