यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७५ माघ २३ गते

१३ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फुङलिङ नगरपालिका–१ का २१ वर्षीय मेखराज सार्कीलाई प्रहरीले माघ २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले बताए ।

आरोपितले फुङलिङ नपा–२ स्थित जङ्गलमा डरत्रास देखाई यौन दुव्र्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २१ गते गरिएको छ ।


देवराज गुरूङ