यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७५ कात्तिक १६ गते

२३, ४२ र ३० वर्षीया दुई जनासहित चार जना महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरी जिल्लाको इनरुवा नगरपालिका–५ का २८ वर्षीय रविन दाहाललाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाहरूलाई आरोपितले कात्तिक १३ गते यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी टेकबहादुर कार्कीले बताए ।

आठराईमा सञ्चालित सपोर्ट माईक्रो फाइनान्सका मेनेजर दाहाललाई यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरीका डिएसपी कार्कीले जानकारी दिए ।


भगिश्वर लिम्बु