यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ मङ्सिर १० गते

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कास्की जिल्ला पोखरा उमनपा घर भई हाल त्रिपुर-१ नारायणपुर बस्ने २३ वर्षीय कुमार विकलाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई मङ्सिर ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाशराज शर्माले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मङ्सिर ८ गते गरिएको डिएसपी शर्माले बताए ।


जे.एन.सागर