यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७५ साउन २८ गते

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेसिशहर नपा-८ बस्ने २५ वर्षीय हरि दुरालाई साउन २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मदिरा सेवन गरी साउन २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २७ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले बताए । पीडित बालिकाको स्वास्थ परीक्षण साउन २७ गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको छ ।


दलबहादुर मजाकोटी