यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७५ साउन  २० गते

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा–९ का लक्षीराम कोलीलाई साउन १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले कोलीविरूद्ध प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १९ गते महाकाली अञ्चल अस्पताल महेन्द्रगरमा गरिएको छ ।

त्यसैगरी १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पुनर्वास नपा–९ का विकास बुढालाई साउन १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १६ गते यौन दुर्व्यवहार गरेको भनी पीडितका आफन्तले वुढाकाविरूद्ध साउन १९ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले बताए ।

पिडित बालिकाको स्वास्थ्य परीक्षण साउन १६ गते सेती अञ्चल अस्पताल धनगढीमा गरिएको प्रहरीले जनायो ।


कोमलनिरन्जन भाट