यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक २५ गते

एक १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाराहापोखरी गाविस-२ का २० वर्षीय बाबुराम थापालाई कात्तिक २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई कात्तिक २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएको थियो ।

उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर सरोज राईले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दिक्तेलमा कात्तिक २५ गते गरिएको प्रहरीले जनाएको छ ।


सुनिता मगर